१२ असार २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर, १२ असार । एक जना महिलालाई २ लाख भारतीय रुपैयासहित जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको छ ।

भारतीय नाका सिल भएको बेला विराटनगर महानगरपालिका वडा नं. १५ रानीबाट सुराकीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट ५ सय दरका ४ सय थान भारतीय रुपैयाँ बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको मोरङ प्रहरीका डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV