१२ असार २०७७, शुक्रबार

एजेन्सी, १२ असार । रुसमा शुक्रबार कोरोना भाइरसको संक्रमणको ६ हजार ८ सय नयाँ केसहरु देखिएको छ ।

अप्रिलपछि यो पहिलो पटक हो रूसमा कोरोना संक्रमणको दैनिक रिपोर्टहरू ७००० भन्दा कम भएको हो । रुसमा कोरोना संक्रमणको संख्या अहिले ६ लाख २० हजार ७ सय ९४ पुगेको छ ।

रुसमा कोरोना भाइरस संक्रमणको अनुगमन गर्ने सरकारी एजेन्सीका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाको कारण १ सय ७६ व्यक्तिको मृत्यु भएको छ । यससँगै, रूसमा मृत्यु हुनेको कुल संख्या बढेर ८ हजार ७ सय ८१ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV