१२ असार २०७७, शुक्रबार

काठमाडौं, १२ असार । भारतसंगको सीमा समस्यामा केन्द्रित रहेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आजको लागि टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको बैठकमा सहभागी सदस्यहरुले छिमेकी भारतसंग प्रभावकारी वार्ता गरी अतिक्रमति भूमि फिर्ता ल्याउनु पर्ने धारणा राखेका थिए । उनीहरुले डुबान र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि पनि भारतसंग वार्ता प्रभावकारी हुनु पर्ने जोड दिएका थिए ।

बैठक पछि नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा १८ जनाले आफ्नो धारणा राखेको जानकारी दिनुभयो ।

बैठकमा सदस्यहरूले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी हुनु ऐतिहासिक काम भएको तर सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने उत्तिकै ध्यान पु¥याउन नेतृत्वलाई सुझाव दिएको जानकारी पनि प्रवक्ता श्रेष्ठले दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति नरहेको आजको बैठकमा स्थायी कमिटी सदस्य समेत रहनु भएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले वार्तामा कुनै चासो नदेखाएको र चीनसंग सीमा कुनै समस्या नभएको जानकारी बैठकलाई दिनु भएको थियो ।

बैठकमा भारतसंगको सीमा विवाद, कोरोना भाइरस कोभिड १९ को नियन्त्रणमा भइरहेको सरकारी प्रयार र अमेरिकी सहयोग परियोजना एमसीसीबाट छलफल हुने एजेण्डा तय भएको छ । बैठक भोलि विहान ११ बजे पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV