१२ असार २०७७, शुक्रबार

काठमाडौं, १२ असार । नेकपा स्थायी कमिटी बैठकका सदस्यहरुले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याउन तत्काल वार्तामा बस्न नेतृत्वलाई सुझाएका छ्न ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठक एजेण्डामा प्रवेश गर्दा वैठकमा सहभागी सदस्यहरुले छिमेकी भारतसंग प्रभावकारी वार्ता गरी अतिक्रमति भूमि फिर्ता ल्याउन जोड दिएका छन् ।

यस अलावा सदस्यहरुले डुबान र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि पनि भारतसंग वार्ता प्रभावकारी हुनु पर्ने जोड दिएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले नेपालले अतिक्रमित आफ्नो भूमि फिर्ता ल्याउन हालसम्म सरकारले गरेको प्रयासबारे जानकारी दिदै भारतसंग तीन पटक गरिएको वार्ता प्रस्ताव उस्ले कुनै चासो नदेखाएको बताउनुभयो ।

उहाँले नेपालले नोभेम्बर, डिसेम्बर र जनवरी गरी ३ पटक वार्ताका लागि प्रयास गरेको जानकारी पनि बैठकलाई गराउनु भएको थियो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भएपछि सहभागी सदस्यहरुलाई बैठकका लागि तय गरिएको एजेण्डामाथि पहिला बोल्न दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV