१२ असार २०७७, शुक्रबार
 . रोशन दानी

काठमाडौं, १२ असार । एउटा मानवले अर्काे मानवलाई अफ्ट्यारोमा परेको बेलमा साथ र सहयोग गर्नु मानवीय धर्म हो त्यसैलै भनिन्छ मानवताकोे सेवानै जिवनको सर्वाेकृष्ट कार्य हो ।

बिश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ ले आक्रान्त पश्चात् चैत्र ११ गते बाट पनि नेपालमा पुर्ण रूपमा लकडाउन भयो । लकडाउनको समयमा खाद्यान्न संकट उत्पन्न भए पश्चात् केही सहयोगी हातहरू पनि सेवा भावले निस्के । त्यहि भीडमा निरन्तर सेवा गर्दै सामाजिक क्षेत्रमा कृयाशील व्यक्ति प्रल्हाद खकुरेल पनि निरन्तर सेवामा लागिरहे ।

उनले बैशाख १५ देखि जेठ ३२ गतेसम्म कोरोना भाइरसको कारण लकडाउनमा फसेका दुःखी गरीब नागरिकलाई दैनिक खाना खुवाउने कामलाई निरन्तरता दिदै आए । सो अवधिमा खकुरेलले ११ हजार २ सय ४३ जनालाई भोजनको समेत व्यवस्था गरे ।

सशस्त्र प्रहरीको पूर्व निरीक्षक समेत रहेका समाजसेवी खकुरेलले धादिङको थाक्रे गाउँपालिका ८ फोगटपुरमा रहेको महाँकालेश्वरी माध्यमिक विद्यालयको उक्त बिद्यालय र धुनिबेसीमा रहेको मछिन्द्र माध्यमिक बिद्यालयमा अध्ययनरत चार छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।

कंलकी चोकमा बा १४ च ८८३० नम्बरको केयुवि १०० को कार असार २ गते बाट निरन्तर स्टेन्डवाई रोकिरहेको दृष्टि कंलकी चोक पुग्नेलाई नयाँ र नौलो होईन । उक्त सवारी साधनको सिसामा हेर्ने हो भने विश्वव्यापीरूपमा फैलिएको कोरोना भाईरसबाट आपत विपतमा परेकालाई निशुल्क सवारी सेवाको व्यवस्था छ भन्दै ९८५१०६७९५६ नम्बर उपलब्ध गराएर सेवा प्रदान गर्ने उनै समाज सेवी खकुरेल नै हुन ।

दैनिक २ देखि ५ जनाको सेवा गर्दै आईरहको र आजको मितिसम्म आईपुग्दा धेरैको सेवा गरिसकेको खकुरेलको भनाइ छ । खकुरेलले कोभिड १९ का कारण आफ्नो घरमा बस्नेहरूलाई राहत मिलोस भनेर यो भन्दा अगाडि ३ महिनाको घर भाडा समेत छुट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV