१२ असार २०७७, शुक्रबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १२ असार । अस्पतालको लापरवाहीले ज्यान गुमाउनु परेको धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने जानकारी विज्ञप्ति नै जारी गरेर सार्वजनिक गर्नु भएको छ ।

विज्ञप्तिमा उल्लेख गरे अनुसार घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई पनि कानून संगत कारबाही गरिने स्पस्ट पार्नु भएको छ ।

प्रदेश सरकारले बिहीबार मात्र १६ वर्षीय राजु सदाको मृत्युबारे छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति बनाएको थियो ।

जेठमा भारतबाट आएका राजुलाई गाउँकै क्वारेन्टाइनमै राखिएको थियो । १७ दिनसम्म क्वारेन्टाइनमै बसेपछि उनलाई झाडापखाला लाग्दा ट्रिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो ।

त्यही उनको स्वाब संकलन गरिएको थियो । तर समयमै रिपोर्ट नआएका कारण उनले झाड़ा पखालाको समेत राम्रो ऊपचार पाएनन र सोमवार मृत्यु भएको थियो ।

यस विषयमा प्रदेशिक अस्पतालले एउटा विज्ञप्ति जारी गरेर सरकारलाई मृत्यु वारे प्रष्ट पारे पनि स्थानीय र मृतक परिवारले भने डा‘क्टरको वयानमा सत्यता न रहेको आरोप लगाएका छन ।

मृत्यु पूर्व खिचिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल नै भएको छ । त्यस भिडियोमा अस्पतालको कुनै डाक्टर र अस्पताल प्रशासनको उपस्थिति न देखिएको भन्दै लामो समय सम्म छटपटीदा समेत अस्पतालमा उक्त समयमा कोही हेरचाह गर्न उपस्थित न भएको स्पस्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV