१२ असार २०७७, शुक्रबार

काठमाडाैं, १२ असार । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे संख्या दैनिकरूपमा बढ्दै गएकाे छ । त्यहाँ बिहीबार हालसम्मकै सर्वाधिक दैनिक संक्रमित फेला परेका छन् ।

बिहीबार मात्र भारतमा एकैदिन १८ हजार १८५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कुल सङ्क्रमित संख्या ४ लाख ९१ हजार १७० पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । बुधबार त्यहाँ १६ हजार ८७० नयाँ संक्रमित थपिएका थिए भने मंगलबार १५ हजार ६६५ नयाँ संक्रमित फेला परेका थिए ।

भारतमा काराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या पनि १५ हजार नाघेकाे छ । वर्डाेमिटर्सका अनुसार अहिलेसम्म भारतमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या १५ हजार ३०८ पुगेकाे छ । पछिल्लो २४ घण्टाको अवधिमा (बिहीबार) मात्र भारतमा काेराेनाबाट ४०१ जनाकाे ज्यान गएकाे छ । बुधबार पनि त्यहाँ ४२४ काे ज्यान गयाे भने मंगलबार ४६८ जनाकाे मृत्यु भएकाे थियाे ।

अहिले भारतमा १ लाख ९० हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् भने २ लाख ८५ हजारभन्दा बढी मानिसचाहिँ सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । बिहीबार मात्र त्यहाँ १३ हजार ९८३ जना निकाे भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV