११ असार २०७७, बिहीबार
  • हिक्मत रावल

धनगढी , ११ असार । ५० हजार घुससहित जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक र एक कानून व्यवसायी पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानून व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो।

अख्तियार कञ्चनपुरका प्रमुख महेश पाण्डेले विशष सूचनाको आधारमा कानून व्यवसायी विष्टको कार्यालयमा दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको बताउनु भयो ।

जवरजस्तीकरणी र सार्वजनिक हितविरुद्धको दुई वटा मुद्धामा सहजीकरण गरिदिने भन्दै पीडित पक्षबाट रकम माग गरेको गोप्य सूचनाका आधारमा छापा मारिएको पाण्डेले बताउनुभयो । पक्राउ गरिएका दुबैलाई भोलि काठमाडौं पठाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV