११ असार २०७७, बिहीबार
  • सन्तोष काफ्ले,

सुनसरी, ११ असार । प्रतिबन्धित नेकपा माओवादी विप्लव समूहका एक नेतालाई हतियारसहित धरानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव समूहको सुनसरी इन्चार्ज रोशन राईलाई धरान प्रहरीले गएराति हतियारसहित नियन्त्रणमा लिएको हो ।

धनकुटाका शहीद भूमि गाउपालिका–६ का २७ वर्षीय राईलाई मेड इन यूएसए अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने म्याग्जिन एक थान र ३ राउण्ड गोलीसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

करिब डेढ महिनादेखि धरान आसपासका क्षेत्रमा विप्लव समूहको गतिविधि बढिरहेको सूचनाको आधारमा राईसँगै अन्य उनका समूहमाथि निगरानी गर्दै आएको प्रहरीले बुधबार राति उनलाई नियन्त्रणमा लिइएको इप्रका धरानमा प्रनाउ बस्नेतले बताए ।

“पछिल्लो एक डेढ महिनादेखि विप्लव समूहको गतिविधि बढेको सूचनाका आधारमा हामीले उनीहरु माथि निगरानी गर्दै आएका थियौं,” डिएसपी बस्नेतले भने, ‘बुधबार राति भने विषेश सुराकीको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान ब्यूरो र हाम्रो संयुक्त टोलीले हतियारसहित जिल्ला इन्चार्जलाई नियन्त्रणमा लिन सफल भयौं ।”

विप्लव समूहका अन्य नेता÷कार्यकर्ताहरुको समेत खोजी भइरहेको उनले जानकारी दिए । नियन्त्रणमा परेका राईलाई सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजाना मुद्दामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV