११ असार २०७७, बिहीबार
  • मनिराज पाण्डे,

कालिकोट, ११ असार । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना पोजिटिभ देखिएपछि केहि दिनका लागि प्रदेश अस्पताल बन्द गरिएको छ । पीसीआर परीक्षण गर्दा प्रदेश अस्पतालमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको हो ।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्मर खड्काले आज एक प्रेस बिज्ञाप्ती जारी गर्दै केहि दिनका लागि अस्पताल सेवा बन्द गरिएको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV