११ असार २०७७, बिहीबार

काठमाडौं, ११ असार । नेपाल सरकारले उत्तरको छिमेकी राष्ट्र चीनसँग कुनै सीमा विवाद नभएको प्रष्ट पारेको छ ।

विहीबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै कृषि तथा पशुपंक्षी मन्त्रालयको प्रतिबेदनलाई आधार बनाएर नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ । त्यस्तो कुनै प्रतिवेदन कृषि मन्त्रालयबाट प्रकाशित नगरिएको पनि परराष्ट्रको विज्ञप्तीमा उल्लेख गरिएको छ ।’

साथै, कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने पनि जनाएको जारी विज्ञप्तीमा भनिएको छ । यसैबीच मन्त्रालयले ३७ र ३८ नम्बरको हराएको भनिएको स्तम्भ राख्दै नराखिएको पनि जानकारी गराएको छ ।

मन्त्रालयले प्राकृतिक कारण नेपाल–चीन ९दुई देश० बीचकै सहमतिमा ३७ र ३८ नम्बरको सीमा स्तम्भ नराखएिको आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ । साथै, सीमासम्बन्धी कुनै समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि जनाइएको छ ।

यही प्रतिवेदनको आधारमा केही सांसदहरुले प्रतिनिधिसभामा चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै संकल्प प्रस्ताव दर्ता समेत गराएका थिए । उता भारतीय सञ्चार माध्यम र नेपाल विज्ञ मानिएका भारतीयहरुले चीनप्रति नेपालको धारणा अब कस्तो हुनेछ भन्ने समेतको प्रश्न उठाएका थिए ।

अझ नेपालप्रति नकारात्मक प्रचार गर्दै आएका केही भारतीय सञ्चार माध्यमहरुले चीनले नेपालको सीमा अतिक्रमण गरी नेपाल हुँदै भारत बग्ने नदी थुनेको र भारतसंगको सामरिक दूरी छोट्याउदै ल्याएको सम्मको प्रचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV