११ असार २०७७, बिहीबार
  • मनिराज पाण्डे,

कालिकोट, ११ असार । कर्णाली प्रदेशमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेखका १८ जना, सुर्खेतका १२ जना, कालिकोटका ३ जना, बझाङ्गका २ जना र जुम्ला, सल्यान, लम्जुङ्ग, कैलाली, दार्चुला, बाँके, धादिङ्ग, कास्की, बैतडी र इलामका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट बाजुराका ४ जना, बाँकेका ३ जना, ताप्लेजुङ्गका ३ जना, रामेछापका २ जना, ओखलढुगाका २ जना, गोरखाका २ जना र दैलेख, बैतडी, दाङ्ग, धादिङ्ग, गुल्मी, इलाम, कञ्चनपुर, काठमाडौं, खोटाङ्ग, लम्जुङ र पाल्पाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज नै दुल्लु अस्पताल आइसोलेसन सेन्टर दैलेखबाट ७ जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टर सल्यानबाट ८४ जना, प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन सेन्टरबाट ३३ जना गरी जम्मा १२४ जना डिस्चार्ज भएका छन् ।

कर्णाली प्रदेशमा डिस्चार्ज हुनेहरुको संख्या ६९२ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV