११ असार २०७७, बिहीबार
  • शीतल भट्ट

कञ्चनपुर, ११ असार । कञ्चनपुरको बेलौरी नगरपालिकामा एक साथ पाँच महिलासहित १४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा बेलौरी नगरका १४ जनामा कोरोना पृष्टिसंगै बेलौरीका संक्रमितको संख्या २८ पुगेको हो ।

बेलौरी नगरपालिका कोडिभ १९ का संयोजक मानबहादुर चन्दले एक ३२ बर्षीय युवकमा ज्वरो आएपछि उनलाई महकाली अस्पतालमा पठाईएको बताए । उनका अनुसार बाँकीको बेलौरी नगरकै आइसोलेसनमा उपचार भइरहेको छ ।

कोडिभ १९ का संयोजक चन्दका अनुसार यस अघि कोरोना देखिएका १२ जनाले कोरोना जितेका छन् । चार बर्षीया बालक सहित १२ जना कोरोना निको भएर घर गएका छन् ।

पछिल्ला दिनमा बेलौरीमा पनि एक हुँदै अर्को कोरोना संक्रमित बढिरहेका बेला भौतिक दूरी कायम गरेर कोरोना महामारीबाट बाँच्न स्वस्थ्यमा विषेश ध्यान दिन कोडिभ १९का संयोजक चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV