कोरोनाका कारण आइएमएफले अनुमान गरेको भन्दा खराब हुँदै विश्वको अर्थ व्यवस्था



प्रकाशित मिति : Jun 25, 2020

एजेन्सी, ११ असार । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोनाको कारण विश्वभरका अर्थव्यवस्थामा पर्ने असरको बारेमा सुरुमा अनुमान लगाएको थियो ।अहिले अर्थव्यवस्था अनुमान लगाएको भन्दा पनि बढी खराब हुँदै गएको जनाइएको छ। आईएमएफका अनुसार विश्वभरको आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशत कमी आउनेछ ।

अप्रिलमा ५ प्रतिशत मात्र कमी आउने बताएको थियो । तर लकडाउन बढ्दै गएपछि विश्वभरको अर्थव्यवस्था खस्कदै गएको हो । आर्थिक संवाददाता एन्ड्र्यू वाकरका अनुसार मानिसहरू प्रायः परिवारको सहयोग लिन्छन् वा खर्च भन्दा बचतमा बढी ध्यान दिन थालेका छन् । यस कारणले गर्दा खर्चमा कमी आएको छ ।

मानिसहरू यस भाइरसबाट आफूलाई जोगाउन बाहिर जान छोडेका छन्। यस कारणले गर्दा मानिसहरुको मागमा उल्लेख्य गिरावट आएको छ । जसले अर्थतन्त्रमा सीधा प्रभाव पारेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com