अक्टोबरसम्ममा कोरोनाले अमेरिकामा १ लाख ८० हजारको ज्यान लिन सक्ने



प्रकाशित मिति : Jun 25, 2020

एजेन्सी, ११ असार । अमेरिकामा कोरोना संक्रमणको घटना बढ्ने क्रम जारी नै रहेको छ। अमेरिकामा पछिल्लो समय दैनिक गरिएको कोरोना संक्रमणको रिपोर्ट अनुसार बुधबार सबैभन्दा बढी संक्रमित फेला परेको अक्सफोर्ड यूनिभर्सिटीले जनाएको छ ।

संक्रमणको केस ३४ हजार ७ सय रहेको बताइएको छ । यो भन्दा अगाडि २६ अप्रिलमा २४ घण्टाभित्र ४८ हजार ५ सय २९ संक्रमित फेला परेका थिए । यूनिभर्सिटी अफ वाशिंगटनका इन्सिच्युट फर मेट्रिक्स एन्ड इभ्यालुसनले अमेरिकामा एक अक्टोबरसम्म कोरोनाबाट ज्यान जानेको संख्या एक लाख ८० हजार पुग्न सक्ने अनुमान लगाएको छ ।

अहिलेसम्म त्यहाँ कोरोना संक्रमणको कारण ज्यान जानेहरुको संख्या एक लाख २१ हजार ९ सय ६९ रहेको छ । डब्ल्यूएचओको आपातकालीन कार्यक्रमका प्रमुख डाक्टर माइक रेयानले पछिल्लो हप्तामा ल्याटिन अमेरिकाका कयौ देशहरुमा कोरोनाको संक्रमण २५ देखि ५० प्रतिशत सम्म बढीरहेको बताएका छन् ।

अमेरिकामा अहिले जुन हालत छ त्यसलाई लिएर अहिले सम्म एकदम खराब स्तरमा नपुगेको र नयाँ केसहरु स्थिर रुपमा बढीरहेको उनको भनाइ छ । यस हप्ता, ल्याटिन अमेरिकामा कोरोना संक्रमणको कारण मर्नेहरूको संख्या एक लाखभन्दा बढी पुगेको जनाइएको छ।

संक्रमणको मामिलाहरु पनि एक महिनाको अवधिमा तीन गुणा बढेको छ। एक महिना अघि ल्याटिन अमेरिकामा संक्रमितहरूको संख्या ६ लाख ९० हजार थियो जुन अहिले बढेर २० लाख पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com