संक्रमितको संख्याले १ करोड छुन लाग्दा विश्वभर अक्सिजन आपूर्तिमा संकट



प्रकाशित मिति : Jun 25, 2020

एजेन्सी, ११ असार । प्रत्येक साता विश्वभर कोरोना भाइरस संक्रमणको दस लाख नयाँ केस पुष्टि भइरहेको जनाइएको छ । यसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले अस्पतालमा अक्सिजन कन्सनट्रेटरको आपूर्तिमा संकट हुन सक्ने चतावनी दिएको छ ।

कोरोनाबाट पीडित बिरामीहरूलाई सास फेर्न गाह्रो हुँदा अक्सिजनको अति आवश्यक हुने गर्छ । डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानोम गेब्रीयसुसले भने, धेरै देशहरुको अस्पतालका लागि अक्सिजन कन्सनट्रेटरको आपूर्ति पाउन गाह्रो भइरहेको छ । जति आपूर्ति भइरहेको छ त्यो भन्दा बढी माग रहेको छ । डब्ल्यूएचओले १४ हजार अक्सिजन कन्सनट्रेटर गरेको जनाइएको छ ।

डाक्टर टेड्रोसले हेल्थ एजेन्सीको योजना अक्सिजन कन्सनट्रेटर आउने हप्तामा एक सय २० देशलाई पठाउनुपर्ने बताएका छन् । दस करोड डलरको लागतबाट एक लाख ७० हजार अक्सिजन कन्सनट्रेटर अझै खरिद गर्नुपर्ने र जुन अर्को ६ महिनामा उपलब्ध हुने जनाइएको छ ।

बिहीबार विश्वभर कोरोना भाइरसको संक्रमण ९४ लाख भन्दा बढी पुगेको बीबीसीमा उल्लेख छ । डब्ल्यूएचओले यो हप्ताको अन्तसम्ममा विश्वमा कोरोना संक्रमणको केस एक करोड भन्दा बढी पुग्ने अनुमान लगाएको छ । अहिलेसम्म यो महामारीले ४ लाख ८० हजार जनाको ज्यान लिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com