११ असार २०७७, बिहीबार
  • रामहरि श्रेष्ठ

ओखलढुंगा, ११ असार । जिल्लाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना भएकाे छ । साे क्रममा चालकको घ’टनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जाँदै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिके भीरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका- ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घ’टनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टि गरेको छ ।

गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जनकारी दिए ।

वडा नम्बर आठ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाडाैँ लैजान एम्बुलेन्स मगाएपछि चालक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए । दुर्घटनास्थल कात्तिके भीरमा घुम्ती रहेकाे र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स खसेकाे गाउँपालिकाले जनाएको छ । घ’टनास्थलमा अहिले स्थानीय प्रहरी पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV