११ असार २०७७, बिहीबार
  • दानबहादुर बुढा

मुगु, ११ असार । जिल्ला अदालत कार्यालय मुगुमा लामो समयदेखि न्यायाधीश उपस्थित नहुँदा मुद्दा सम्पन्न हुन सकेका छ्रैनन् ।
जिल्ला अदालतमा कार्यरत रहने न्यायाधीश रोमनाथ अधिकारी २०७६ मंसिर महिनादेखि जिल्लामा नआएपछि अदालतमा दर्ता भएका ५९ मुद्दा फछर्यौट हुन नसकी थन्किएका हुन् ।

सरकारी वादी ४ वटा तथा अन्य प्रकारका ५५ मुद्दा अदालतमा दर्ता भए पनि टुंगो लागेको छैन । गत मंसिरदेखि सिराहमा काजमा गएका न्यायाधीश रोमनाथ अधिकारी अहिलेसम्म मुगु जिल्लामा नफर्किएको र सरकारले समेत त्यसको विकल्पमा अन्य न्यायाधीसलाई नपठाएपछि अदालतमा दर्ता भएका मुद्दा सम्पन्न हुन नसकेको जिल्ला अदालत मुगुका कार्यालय प्रमुख निर्मला खड्काले बताईन् ।

जिल्लामा न्यायाधीशको अभाव भएपछि कर्णाली प्रदेशले सुर्खेतमा रहेका न्यायाधीश प्रह्लादकुमार योगीलाई मुगु अदालतमा खटाउने निर्णय गरेको छ । उनी पनि उपस्थित नहुँदा जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरु फैसला हुन नसकेको जिल्ला अदालत मुगुले जनाएको छ ।
न्यायाधीशबाट फैसला हुने गरी अदालतमा मुद्दा दर्ता भए पनि विश्वभर फैलिएको कोरोना भाइरसका कारण पनि विभिन्न कार्यमा खटिएका कर्मचारीहरु जिल्ला फिर्न नसक्दा समस्या उत्पन्न भएको छ ।

जिल्ला अदालत मुगुको समस्यालाई समाधान गर्न सुर्खेत जुम्ला ईजालासले प्रत्येक साताको एकपटक जिल्ला अदालत मुगुमा पुग्नुपर्ने हो तर नपुगेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV