११ असार २०७७, बिहीबार

भक्तपुर, ११ असार । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) सम्बद्ध यूथ भोलन्टियरले एमसीसीविरुद्ध नाराबाजी गर्दै मसाल जुलुस सम्पन्न गरेको छ ।

राष्ट्रघाती एमसीसी खारेज गर, भ्रष्टाचारी सरकार मुर्दावाद, राजसंस्था जिन्दावादको नारा लगाउँदै बुधबार जुलुसले नगर परिक्रमा गरेको थियो । पीसीआर अनिवार्य गर, हिन्दु राष्ट्र राष्ट्रवादको नारा समेत लगाएको थियो ।

युवाहरूको व्यापक सहभागितामा बुधबार साँझ सम्पन्न कार्यक्रम दरबार स्क्वायर डबलीमा आएर सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV