११ असार २०७७, बिहीबार

काठमाडाैं, ११ असार । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौँडामा गरिएको परिक्षणमा थप  ११ जना नयाँ संक्रमितहरु थपिएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार म्याग्दीमा ६, बाग्लुङमा २, स्याङ्जामा १ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)  २  जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ सय ५३ पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार म्याग्दीका  मंगला गाउँपालीकामा २३ वर्षीय, २० वर्षीय, २६ वर्षीय र ३५ वर्षीय पुरूषहरूमा काेराेना पुष्टि भएकाे हाे । त्यस्तै म्याग्दीकै बेनी नगपालिकाका २० वर्षीय युवकमा पनि काेराेना पुष्टि भएकाे छ ।

शर्माका अनुसार स्याङ्जाका कालिगण्डकी गाउँपालिकाका २३ वर्षीय युवक र गल्काेट नागरपालिकाका १९ वर्षीय र २० वर्षीय युवकहरूमा काेराेना पुष्टि भएकाे छ ।

त्यस्तै नवलपरासीकाे मध्यबिन्दु नगरपालिकाका ५३ वर्षीय पुरूष  र २० वर्षीय युवतीमा पनि काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएकाे छ ।

शर्माका अनुसार नवलपरासी २ संक्रमितलाई आइसोलेसनमा राखिएको छ भने अरु सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV