१० असार २०७७, बुधबार

काठमाडौं, १० असार । कोरोना भाइरस नियन्त्रणका लागि खरिद गरिएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको सार्वजनिक लेखा समितिले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

समितिले ओम्नी कम्पनीले चीनबाट खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमितताको अध्ययन गर्नेक्रममा यस्तो निष्कर्ष निकालेको हो । स्वास्थ्य सामग्री खरिदबारेका कागजात प्रधानमन्त्री कार्यालय र नेपाली सेनासँग पनि मगाइएको लेखा समितिले जानकारी दिएको छ ।

सरकारले ओम्नी समूहको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरी मगाएको थियो ।

गगल्स, गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्टलगायतका स्वास्थ्य सामग्रीहरु सरकारले खरिद गरेको थियो ।

सार्वजिक लेखा समितिले उक्त स्वास्थ्य सामग्रीहरु बजार मूल्य भन्दा पनि अत्यन्तै महँगो मूल्यमा खरिद गरेको जनाएको छ । ओम्नीले ल्याएको स्वास्थ्य सामग्री खरिदका कागजातको प्रारम्भिक अध्ययनबाट मन्त्रालय र विभागले ठेक्का दिने क्रममा प्रक्रिया नपु¥याएको पाइएको छ ।

ओम्नीसँगको ठेक्का अनुसार सरकारले कोरोना नियन्त्रण रोकथाममा प्रयोग हुने ति स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको विमान नै पठाएर ग्वान्जाउबाट गत चैत १६ गते काठमाडौं ल्याएको थियो ।

लेखा समितिले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री खरिद गर्दा गलत प्रक्रियाको १२ बुंदा नै तयार गरेर अनियमितता भएको पहिचान गरिसकेको छ ।

ओम्नीसंग स्वास्थ्य सामग्री खरिद गर्न सम्झौता मिचेर गरेको र २०७६ चैत २० गतेमा म्याद २ दिन बाँकी हुँदै खरिद सम्झौता रद्द गरेको र कालो सूचीमा राख्न पिएमओलाई पत्राचार गरेको तर उक्त कम्पनीबाट सरकारलाई भएको क्षतिको आकलन गरी क्षतिपूर्ति भराउने काम नगरेको भन्दै ओम्नीलाई ठेक्का दिनु लाई बदनियत ठहर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV