१० असार २०७७, बुधबार

एजेन्सी, १० असार । लण्डन स्कूल अफ ट्रपिकल हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर पिटर पायटमा कोरोना संक्रमण भएको जनाइएको छ।


प्रोफेसर पिटर प्याट विश्वको सबैभन्दा प्रतिष्ठित संक्रमण रोग विशेषज्ञमध्ये एक हुन्। सन् १९७६ मा इबोला भाइरस पत्ता लगाउने टोलीमा रहेका प्रोफेसर पीटर प्याट एचआईभी एड्सको अनुसन्धानमा पनि अग्रणी थिए।

प्रोफेसर प्याट, जो विगत ५० बर्षदेखि भाइरससँग संघर्ष गर्दै आएका छन् । उनी कुनै पनि भाइरसबाट संक्रमित भएको थिएन। यसैले उनीहरूलाई ‘भाइरस हन्टर’ पनि भनिन्छ । तर अहिले उनी कोरोनाको शिकार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV