१० असार २०७७, बुधबार
  • रामगोपाल तमखु

भक्तपुर, १० असार । नीति तथा कार्यक्रम निर्माण र बजेट बाँडफाँडमा बिवाद उन्पन्न भएपछि मध्यपुर थिमि नगरपालिकाको चौंथौं नगरसाभा औपचारिक उद्घाटनमा मात्र सीमित भएको छ ।

काँग्रेसको जनप्रतिनिधिको बहुमत रहेको नगरपालिकामा प्रमुख र उपप्रमुखबीच विवाद हुँदा नगरसभा उद्घाटनमा मात्र सीमित भएको हो । नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख मदन सुन्दर श्रेष्ठले उद्घाटनसभामा सबै जना जनप्रतिनिधि उपस्थित हुने प्रतिवद्धता जनाएता पनि राजनीतिक चलखेलका कारण काँग्रेसबाट निर्वाचित उपप्रमुख लगायत झन्दै डेढ दर्जन जनप्रतिनिधिको उपस्थित नभए पछि नीति तथा कार्यक्रम प्रस्तुत गर्न नसकिएको बताउनु भयो ।

 

नीति तथा कार्यक्रम र बजेटको साबै खाका तयार भईसकेको र सहमति र सहकार्यबाटै सबै प्रक्रियालाई पूर्णता दिनको लागि लागि परेको प्रमुख श्रेष्ठले बताउनु भयो । यस्तै कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले नेकपाले मध्यपुर थिमिमा काँग्रेसमा देखिएको गुटउपगुट भन्दा पनि एकीकृत काँग्रेससंग समन्वय गरी समस्या हल गर्ने तर्फ लागेको बताउनु भयो ।

त्यस्तै मध्यपुर नगरपालिकाका पूर्व मेयर मदन कृष्ण श्रेष्ठले नगरपालिकामा बहुमत हुँदा होस् वा अल्पमतमा हुँदा होस् सधै बिवादको घेराले निरन्तरता पाएको भन्दै सहमति र सहकार्यबाट मात्र समस्याको समाधान र नगरको बिकास सम्भव भएकोले सबैले यसतर्फ ध्यान दिनु पर्नैमा जोड दिनु भयो ।

त्यस्तै नेपाल मजुर किसान पार्टीका पूर्व जिल्ला अध्यक्ष रमेस थापा श्रेष्ठले मध्यपुर थिमि नगरपालिकामा देखिने निरन्तर बिवादले सबैलाई लज्जित बनाएको भन्दै नगरपालिकामा काँग्रेसको दुई गुटलाई भिडाएर प्रमुख श्रेष्ठले लाभ लिन खोजेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV