१० असार २०७७, बुधबार
  • मनिराज पाण्डे,

कालिकोट, १० असार । कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ३ जना, सुर्खेतका १३ जना, जाजरकोटका १ जना, दाङ्गका १ जना, धनुषाका १ जना र कालिकोटका १ जनामा कोरोना पुिष्ट भएको हो ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ४ जना, रुपन्देहीका १ जना, सप्तरीका १ जना, ताप्लेजुङ्गका १ जना र उदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार नै भगवतीमाई आइसोलेसन सेन्टर दैलेखबाट ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, गुटु आइसोलेसन सेन्टर सुर्खेतबाट १ जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट १ जना र कोटडाडा आइसोलेसन सेन्टर मुगुबाट १ जना गरी जम्मा ८ जनालाई डिस्चाजए गरिएको छ ।

कर्णाली प्रदेशमा डिस्चार्ज हुनेहरुको संख्या ५६८ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV