१० असार २०७७, बुधबार
  • उत्तम पौडेल,

पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

कुल बजेट मध्ये संघ सरकारले २ अर्ब ५२ करोड ६० लाख अनुदान दिएको छ भने प्रदेशको १० करोड ५९ लाख पनि समाबेश गरिएको जनाइएको छ ।

त्यस्तै अन्तरसहकारी बित्तीय हस्तान्तरणबाट २ अर्ब ६३ करोड अनुदान पाएको छ भने ८५ करोड राजस्व बाँडफाँडमा पाएको छ । संघबाट ३० करोड र प्रदेशबाट ४ करोडसहित कुल पैतिस करोड महानगरपालिकाले पाएको छ ।

त्यस्तै दुई अर्ब छत्तिस करोड आन्तरिक राजस्वबाट उठाउने लक्ष्य महानगरपालिकाले लिएको छ । महानगरपालिकाले ल्याएको बजेटमा चालुतर्फ तीन अर्ब बीस करोड रुपैयाँ र पुँजिगततर्फ दुई अर्ब ८९ करोड रुपैया बिनियोजन भएको छ ।

प्रतिशतका आधारमा चालुतर्फ बाउन्न प्रतिशत र पुँजिगत तर्फ ४८ प्रतिशत बजेट छुट्याइएको छ । महानगरपालिकाले मुख्य प्राथमिकतामा पूर्वाधार , स्वास्थ्य , शिक्षा सहकारी लगायतलाई राखेको छ ।

स्वास्थ्य कार्यक्रम अन्र्तगत शशर्त कार्यक्रमका लागि १९ करोड ३३ लाख र आन्तरिक ९् करोड १५ लाख साथै कोरोना बिषेश कार्यक्रमका लागि अठ्ठाइस करोड ८४ लाख छुट्याइएको छ ।

शिक्षातर्फ अनुदानबाट १ अर्ब चौबीस करोड ५६ लाख र आन्तरिक श्रोतबाट ५ करोड ७ लाख गरी १ अर्ब २९ करोड ६३ लाख छुट्याइएको छ । महानगरपालिकाको बजेट उपमेयर मञ्जुदेवी गुरुङले प्रस्तुत गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV