१० असार २०७७, बुधबार
  • आशिष केसी,

सल्यान, १० असार । जिल्ला स्वास्थ्य कार्यालय सल्यानका एकजना स्वास्थ्यर्मीमा कोरोना संक्रमण देखिएको छ ।

जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनमा संलग्न रहेका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।

पुनः परीक्षणका लागि बुधबारनै स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताएका छन ।

उक्त संक्रमित स्वास्थ्यकर्मीको यही असार ५ गते स्वाव संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।

स्वास्थ्यकर्मीलाई पोजिटिभ देखिएसंगै भोलिदेखि अस्पतालका इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने र दोस्रो चरणको रिपोर्ट आएपछि मात्र अरु निर्णय गरेर अगाडि बढ्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अर्जुन बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV