१० असार २०७७, बुधबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), १० असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आदर्शनगरस्थित नगरसभागृह टाउनहलमा आयोजित वीरगन्ज महानगरपालिका, नगरसभाको सातौं अधिवेशन कार्यक्रममा बजेट तथा योजना तर्जुमा समितिका सभापति तथा उपप्रमुख शान्ति कार्कीले महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ मा कुल रु ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ व्यय हुने अनुमान गरेको छ । चालूतर्फ रु १ अर्व ६२ करोड ६९ लाख १८ हजार अर्थात् ४२.०९ प्रतिशत, पुँजीगततर्फ रु २ अर्व १७ करोड ४६ लाख ७२ हजार अर्थात ५६.२६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु ६ करोड २६ लाख अर्थात १.६५ प्रतिशत हुने अनुमान गरेको हो ।

महानगरपालिकाको कुल खर्चमध्ये आर्थिक विकास क्षेत्रमा रु २५ करोड ९५ लाख २५ हजार अर्थात ६.७१ प्रतिशत, सामाजिक विकास क्षेत्रमा रु ८७ करोड ७७ लाख ३६ हजार अर्थात २२.७१ प््रतिशत, पूर्वाधार विकास क्षेत्रमा रु १ अर्व ७७ करोठ ६ लाख १२ हजार अर्थात ४५.८१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धी क्षेत्र (वन, वातावरण तथा विपद् समेत) तर्फ रु २३ करोड ७५ लाख १६ हजार अर्थात ६.१५ प्रतिशत र कार्यालय तर्फ रु ७१ करोड ९८ लाख १ हजार अर्थात १८.६२ प्रतिशत व्ययको अनुमान गरिएको कार्यक्रममा जानकारी गराइएको छ ।

त्यस्तै, आगामी वर्ष सञ्चालन हुने मुख्य योजनाहरुमा आरयूडीपी तथा एसटीआईयूईआईपी तर्फ रु १ अर्व ४ करोड ४७ लाख ५७ हजार, वडास्तरीय योजनातर्फ रु २४ करोड ७० लाख, मैचिङ्ग फण्ड रु १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रम रु २ करोड ३४ लाख, तराई मधेश समृद्धि कार्यक्रममा रु ३० लाख, सडक बोर्ड कार्यक्रममा रु १ करोड, रोजगार कार्यक्रम रु ४० लाख, वहुक्षेत्रीय पोषण कार्यक्रम तर्फ रु २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु ४५ करोड, वडा भवन तर्फ रु ३ करोड, उज्यालो वीरगन्ग कार्यक्रम तर्फ रु १२ करोड ८१ लाख, शैक्षिक विकास तर्फ रु ६२ करोड ६४ लाख, स्वास्थ्य तर्फ रु १४ करोड ६८ लाख ८० हजार, कृषि विकास तर्फ रु ८३ लाख, पशु सेवा विकास रु ४३ लाख र जनसहभागितामा आधारित कार्यक्रम तर्फ रु ३ करोडको बजेट व्यवस्था गरिएको छ ।

यसैक्रममा आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये संघीय सरकारको वित्तीय समानीकरण रु ४२ करोड ८८ लाख, राजस्व बाँडफँड रुरु २१ करोड १२ लाख, सशर्त अनुदान रु ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण रु १ करोड १६ लाख २० हजार, सशर्त अनुदान तर्फ ३ करोड, राजस्व बाँडफाँड तर्फ सवारीसाधान रु ३ करोड १४ लाख ४ हजार, घरजग्गा रजिष्ट्रेशन तर्फ रु १५ करोड नगर विकास अनुदान तर्फ रु १ अर्व ३ करोड ५६ लाख ५१ हजार, नगर विकास ऋण तर्फ रु ९१ लख ६ हजार, सडक बोर्ड तर्फ १ करोड र युनिसेफ तर्फ रु ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यसै गरी चालू आर्थिक वर्ष २०७६/७७ मा कुल व्यय रु ४ अर्व ४८ करोड १३ लाख ४८ हजार अनुमान गरिएकोमा ११ महिनाको अवधिमा रु २ अर्व ११ करोड ६३ लाख ५८ हजार खर्च भई ४७.३० प्रतिशत प्रगति भएको छ भने पुँजीगत तर्फ रु ३ अर्व ३ करोड ८९ लाख ११ हजारको व्यय अनुमान गरिएकोमा ११ महिनामा रु १ अर्व १२ करोड ८३ लाख ११ हजार मात्र व्यय भई ३७.२० प्रतिशतले प्रगति भएको कार्यक्रममा बताइएको छ ।

अधिकांश योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा भएकाले आर्थिक वर्षको अन्त्यसम्म ७० प्रतिशत खर्च हुने अनुमान गरिएको छ । त्यसैगरी चालू तर्फ रु १ अर्व ४४ करोड २४ लाख ३७ हजार अनुमान गरिएकोमा ११ महिनामा रु ९८ करोड ८० लाख ४७ हजार मात्र खर्च भई ६८.५० प्रतिशत प्रगति भएको छ ।

वित्तीय व्यवस्था तर्फ रु ७ करोड ४० लाख अनुमान गरिएकोमा ३ करोड ६० लाख १३ हजार ऋणको साँवा व्याज भुक्तानी गरी ४८.६७ प्रतिशत प्रगति भएको कार्यक्रममा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV