१० असार २०७७, बुधबार
  • घनश्याम मिश्र

जनकपुरधाम,१० असार । नगरसभाको बिरोधमा बसेका जनप्रतिनिधिहरूले बहुमतीय माइन्यूटसहित जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको नगरसभामा विभिन्न मागसहित असन्तुष्टि जनाउँदै नगरसभामा भाग नलिएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका हुन् ।

असन्तुष्ट वडाध्यक्षहरुले गत आर्थिक बर्ष तथा चालू आर्थिक बर्षको खर्च पारदर्शी नगरेको तथा वडास्तरीय योजना छनोट नगरी नगरप्रमुख लालकिशोर साहले आफ्नो तरिकाले उपमहानगरपालिका सञ्चालन गर्दै आएको आरोप लगाएका छन् ।

नगरप्रमुखको मनपरितन्त्रको बिरोध गर्दै बहुमत नगरसभा सदस्यहरुले नगरसभा बहिष्कार गरेको वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहले बताउनुभयो । उहाँले असन्तुष्टहरुले स्थानीय तह सञ्चालन ऐन,२०७४ अनुसार सभा स्थगित गरी सम्पूर्ण खर्च पारदर्शी गर्नसमेत ज्ञापनपत्रमार्फत अनुरोध गरेको बताएका छन् ।

यता उप मेयर रीता झाले आफूहरु कुनै पनि हालतमा आज सभा गर्नेलाई बोर्डका सदस्यहरुसंग सम्वाद गर्दै गरेको प्रतिक्रिया न्यूज २४ लाई दिएका छन । सबै सदस्यहरुसंग कुरा गरेको र असन्तुष्ट पक्षसंग समेत कुरा भई रहेको उप मेयर झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV