१० असार २०७७, बुधबार

काठमाडौं, १० असार । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न कारणले मुलुक जटिल अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ ।

आजदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो अवस्थालाई मध्यनजर गरेर सरकारको कामकारवाहीबारे सकारात्मक सन्देश प्रवाह हुने गरी आफ्न सुझाव राख्न आग्रह गर्नु भएको छ ।

उहाँले स्वस्थ्य आलोचना र जिम्मेवारीपूर्ण छलफलले नै सरकारलाई काम गर्न सहयोग पुग्ने धारणा राख्दै सरकारले गरिरहेको काम कारवाहीमा सहयोगी बन्न पनि स्थायी समिति सदस्यहरुलाई आग्रह गर्नु भयो ।

यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देशको परिस्थिति र पार्टीको आदर्शलाई ध्यानमा राखेर गम्भीरतापूर्वक छलफलमा सहभागी हुन स्थायी समिति सदस्यहरुलाई आग्रह गर्नु भयो ।

अध्यक्षद्धयको सम्बोधनसंगै आजको बैठक सम्पन्न भएको र अब अर्को बैठक असार १२ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकका लागि १२ गतेदेखि छलफल गर्न कोरोना भाइरस कोभिड १९ रोकथामबारे भइरहेको सरकारी प्रयास, सीमामा देखिएको समस्या, सरकारका कामकारवाहीको समीक्षा, अमेरिकी सहयोग परियोजना एमसीसी र पार्टी एकताका बाँकी कामहरु विषय एजेण्डा तय गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV