१० असार २०७७, बुधबार
  • तारा आचार्य

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले कोभिड नाइन्टिनका कारण आगामी आर्थिक वर्ष ०७७/७८ का लागि चालु आर्थिक वर्ष ०७६/७७ भन्दा करिब १८ प्रतिशत कमको बजेट ल्याएको छ ।

विराटनगरमा मंगलबार आयोजित छैटौं नगरसभामा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले आर्थिक वर्ष ०७७/७८ का लागि ३ अरब ३७ करोड ८१ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो । भौतिक पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट ल्याइएको छ ।

सो नगर सभामा शैक्षिक विकासलाई दोश्रो प्राथमिकता, सामाजिक सुरक्षालाई तेस्रो प्राथमिकता दिइएकोमा चौथो प्राथमिकतामा परेको नगर स्वास्थ्य तर्फ १९ करोड ५७ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष ०७६/७७ का लागि ४ अरब १३ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको थियो । तर कोरोना भाईरसका कारण चालु आर्थिक वर्षमा २ अरब १३ करोड ९२ लाख रुपैया आम्दानी भएको र १ अरब ७५ करोड २ लाख रुपैया मात्र खर्च भएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गर्नुभएको छैटौं नगर सभामा महानगरपालिका प्रमुख भीम पराजुलीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । सो नगर सभामा विराटनगरमा रहेर लामो समयदेखि विभिन्न क्षेत्रमा योगदान पु¥याएको व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV