१० असार २०७७, बुधबार

काठमाडौं, १० असार । नेपाली काँग्रसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सी जलाएकाे छ।

नेविसंघ कार्यकर्ताहरु त्रिविले विद्यार्थी प्रतिनिधिविनै सिनेट बैठक आयोजना गरेको भन्दै विगत देखि नै आन्दोलित थिए । आजपनि बिभिन्न मागहरु लिएर गएका नेविस कार्यकर्ताहरुले त्रिवि उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका हुन् ।

आफ्ना मागहरुप्रति वेवास्ता गरेको भन्दै उनीहरुले उपकुलपतिको कार्यकक्ष भित्रबाट कुर्सी निकालेर सडकमा लगेर जलाएको बताइएको छ । लकडाउनका समयमा अनलाइन कक्षा संचालन गरी त्यसलाई प्रभावकारी बनाउनुकाे साटो प्रचार मात्रै गरिएको उनीहरूरकाे आरोप छ । साथै विद्यालयलाई दलगत भन्दापनि गुटगत भागबन्डामा लागेर नेकपा कार्यकर्तालाई भर्ती गर्ने अखडा बनाइएको अवस्थामा आफूहरुले विरोध गर्दा दुर्व्यवहार भएकाले कुर्सी जलाउन बाध्य भएकाे नेविसंघले जनाएकाे छ।

उसले यसअघि नै विभिन्न पदमा नेकपाका कार्यकर्ताहरुलाई मात्र नियुक्ति गरिएको भन्दै एक बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो । बिज्ञप्तिमा विभिन्न मागहरु उल्लेख गर्दै माग पूरा गराउन अल्टिमेटमसमेत दिइएको थियो । तर त्रिविले आफ्नो माग पुरा गर्नुको साटो अपमान गरेको नेविसंघले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV