गीतमार्फत् कृषिलाई प्रोत्साहन गर्न सरकारलाई गायक एंव संगीतकार लामाको आग्रह (भिडियो)



प्रकाशित मिति : Jun 24, 2020

काठमाडौं । गायक एंव संगीतकार कारसाङ लामाको संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । बाबु जिम्बाको शब्द तथा कारसाङ लामा संगीत/एरेञ्जमा ‘हामी किसान’ गीतको भिडियो सार्वजनिक भएको हो । 

लकडाउनका बीच पनि कृषिलाई प्रोत्साहन गर्न गीतमार्फत् सरकारलाई आग्रह गरिएको छ । गीतलाई बाबु जिम्बा, कारसाङ लामा,आकाश र सन्तोष तामाङले स्वरबद्ध गरेका हुन् ।

कलाकार तथा समाजसेवी बीरवहादुर तामाङको प्रस्तति रहेको गीतको भिडियोलाई बाबु जिम्बाले निर्देशन गरेका हुन् । भिडियोलाई आशिष जिम्बाले छायाङकन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com