१० असार २०७७, बुधबार
  • बाल बिक्रम कार्की

रौतहट, १० असार । रौतहटको वृन्दावन नगरपालिकाद्धारा सडक दुर्घटना न्यूणीकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई होडिङ्ग बोर्ड प्रदान गरेको छ ।

ट्राफिक नियम सम्बन्धी सूचना र जानकारी दिने उद्धेश्यले सचेतनामूलक सन्देशसहितको २५ वटा बोर्ड वृन्दावन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक शैलेस न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो ।

ट्राफिक संकेत र सूचनाको अभावमा सडक दुर्घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै वृन्दावन नगरपालिकाले सही सूचना प्रदान गर्दै दुर्घटना न्यूणीकरण गर्न मद्धत पुगोस् भन्ने उद्धेश्यले ट्राफिक प्रहरीलाई बोर्ड प्रदान गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गर्ने-गराउने जिम्मेवारी ट्राफिक प्रहरीको मात्र नभइ स्थानीय निकाय एवम् हरेक नागरिकको भएकाले सोही जिम्मेवारी अन्र्तगत यो बोर्ड हस्तान्तरण गरिएको बताउनुभयो ।

दुर्घटना न्यूनीकरण मुलक ट्राफिक सन्देशहरुले सवारीचालक तथा पैदल यात्रुमा सचेतना जगाउने भएकाले यस्ता बोर्डहरु महत्वपूर्ण रहेको जिल्ला ट्राफिक प्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सो बोर्डहरु वृन्दावन नगरपालिका अन्र्तगत पर्ने बीरेन्द्र राजमार्ग तथा ग्रामीण सडकका विभिन्न स्थानहरुमा गाडिने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV