१० असार २०७७, बुधबार

एजेन्सी, १० असार । जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले बुधबार कोरोना भाइरसको खतराबाट बच्न नकसिने अवस्था सिर्जना हुँदै गएको धारणा व्यक्त गरेका छन् ।मंगलबार जर्मनीको पश्चिमी राज्य उत्तर राइन वेस्टफालियाको दुई नगरपालिकाहरूमा लकडाउन पुनः लागू गरिसकेपछि उनको यो भनाइ आएको जनाइएको छ ।

वास्तवमा, यस प्रान्तमा अवस्थित एक मासु प्याकिंग प्लान्टमा कोरोना संक्रमितहरुको ठूलो संख्या पाइएको थियो । अप्रिलको अन्तमा जर्मनीमा लकडाउन हटाउने अभियान सुरु गरेपछिको यो संक्रमितहरुको पहिलो ठूलो संख्या थियो ।

तर खुकुलोपनबीच संक्रमणको बढ्दो घटनाहरूलाई ध्यानमा राख्दै गेटर्सलोह र भरेन्डोर्फमा पुनः लकडाउन लागू गर्नु परेको छ ।

स्वास्थ्य मन्त्री जेन्स स्पानले जर्मन मिडियालाई भने, ‘ हामी हेर्दैछौं कि यदि हामीले लकडाउन सजिलो बनायौं भने भाइरस एकदम चाँडै फेरि फैलिनेछ, हामीले यो केवल गेटर्सलोहमा हेरिरहेका छैनौं, यो हामीले गोटिंगेन, लिरिमा पनि ध्यान पुर्याका छौँ , ब्रेमेनमा, चर्चहरूमा र पारिवारिक जमघटहरूमा पनि हाम्रो ध्यान पुगेको छ । ’

तसर्थ यो स्पष्ट गर्नु महत्त्वपूर्ण छ कि संक्रमितका तथ्यांकहरु धेरै हप्ताहरूको लागि कम भए पनि, यहाँ कोरोना भाइरस अझै छ र प्रभावशाली बन्दैछ भनने बुझ्न अब गाह्रो नबनेको मन्त्री स्पानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV