१० असार २०७७, बुधबार

काठमाडौं, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको छ ।

अध्यक्ष राणाले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री सिन्धुपाल्चोकस्थित ईलाका स्वास्थ्य कार्यालय, मेलम्चीलाई बुधबार हस्तान्तरण गरिएको छ ।

‘कोरोना महामारीले मानव जातिलाई नै आक्रान्त तुल्याएको छ । यसै क्रममा सिन्धुपाल्चोक जिल्लामा समेत कोरोना संक्रमणको दर बढ्दो छ । यस अवस्थामा सफा सुग्घर रहने, सामाजिक दूरी कायम गर्ने लगायत सबै किसिमका सावधानी अपनाउन, सजग र सुरक्षित रहन सिन्धुपाल्चोकबासीलाई म आह्वान र अनुरोध गर्दछु,’ सामाग्री गर्ने हस्तान्तरण गर्ने क्रममा अध्यक्ष राणाले भन्नुभयो ।

राणाले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा पीपीइ सेट, सर्जिकल मास्क, एन ९५ मास्क, ह्यान्ड स्यानीटाइजर, गगल्स, फेस शील्ड, बुट कभर, परीक्षण पन्जा समावेश छन् ।

राप्रपाका जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष र अन्य नेतामार्फत ईलाका स्वास्थ्य कार्यालय प्रमुखलाई सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV