हेटौंडा उपमहानगरद्वारा २ अर्ब ८ करोडको बजेट प्रस्तुत



प्रकाशित मिति : Jun 24, 2020
  • देवराज पन्त,

मकवानपुर , १० असार । हेटौंडा उपमहानगरपालिकाले आफ्नो सातौं नगर सभाबाट आर्थिक बर्ष २०७७÷०७८ का लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको क्षेत्रगत बजेट प्रस्तुत गरेको छ । आज हेटौंडामा भएको नगर सभामा उपमहानगरका उपप्रमुख मीनाकुमारी लामाले अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भएको सभामा उपमहानगरले ढल व्यवस्थापन, सरसफाई, विपद व्यवस्थापनका लागि ४ करोड, ७१ लाख रुपैयाँ, संस्थागत सेवा र सुशासनका लागि ३ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ २३ करोड १४ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ ।

आज प्रस्तुत बजेटमा कृषि प्रवद्र्धनका लागि २ करोड रकम विनियोजन गरेको छ । संक्रमण रोग रोकथाम नियन्त्रण र उपचार अन्तर्गत उपमहानगरका नगरवासी कोरोना संक्रमणबाट मृत्यु भएमा उनको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सातौं नगर सभालाई मुख्यमन्त्रि पौडेलले प्रस्तुत बजेट समग्रमा सन्तोषजनक रहेको बताउनु भएको छ । उहाँले व्यवस्था परिवर्तन भएपनि अहिलेपनि काम गर्ने शैली र सोच पुरानै भएकाले यसमा पनि परिवर्तन गर्दै जनताको सेवालाई चुस्त राख्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री पौडेल तत्कालीन हेटौंडा नगरपालिकामा करिब १० बर्षसम्म मेयर रहिसक्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com