एमसीसीलाई केन्द्रमा राखेर नेकपा स्थायी कमिटी बैठक जारी, सरकारको कामको समीक्षा पनि हुने



प्रकाशित मिति : Jun 24, 2020

काठमाडौं, १० असार । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन ( एमसीसी ) लाई केन्द्रमा राखेर सत्तारढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुटारामा जारी बैठकमा एमसीसीलगायत नेपाल भारतबीच देखिएको सीमा समस्या , सरकारको कामकारवाहीको समीक्षा , कोरोना नियन्त्रण र रोकथाममा सरकारले खेलेको भूमिकालगायतका एजेण्डामा छलफल भइरहेको बताइएको छ ।

पार्टीको विधानले प्रत्येक तीन–तीन महिना बैठक बस्नु पर्ने प्रावधान भएपनि ६ महिना पछि बसेको बैठकलाई विषयगत छलफलमा प्रवेश गर्नु अघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्ककमल दाहाल प्रचण्डले सम्बोधन गर्नु हुने भएको छ ।

बैठकका पार्टी एकताका बाँकी कामहरु टुंग्याउने विषयमा पनि छलफल हुने बताइएको छ । अध्यक्षद्धय आआफ्नो धारणा राखेपनि बाँकी सदस्यहरुले भने भोलि बिहीबार मात्र आआफ्नो धारणा बैठकमा राख्ने बताइएको छ ।

एमसीसीलाई लिएर पार्टी भित्र एकमत नभएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यसलाई संसदमा प्रवेश गराएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको सहयोगमा पारित गराउने पक्षमा देखिदा अर्को समूह एमसीसीबारेको धारणा पहिला पार्टी भित्र टुंग्याउनु पर्ने अडानमा देखिएका छन् ।

अन्य विषयमा प्रवेश गर्न नसके आजको बैठक एमसीसी वरिपरि केन्द्रित रहने एक सदस्यले न्यूज २४ लाई बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com