सुनको भाउ अहिलेसम्मकै महंगो, अझै बढ्न सक्ने



प्रकाशित मिति : Jun 24, 2020

काठमाडाैं, १० असार ।  सुनको भाउ अहिलेसम्मकै महंगो भएको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो ।

हिजो सुन तोलामा ४ सय रूपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् ।

त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीले बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com