१० असार २०७७, बुधबार
  • मनिराज पाण्डे

कालिकोट, १० असार । जिल्लाकाे शुभकालिका गाउँपालिका वडा नं १ को गगने खोलामा पहिरो जाँदा कर्णाली राजर्माग अवरुद्ध भएको छ ।

राजर्माग अवरुद्ध भएपछि सुर्खेत, नेपालगन्ज लगायतका ठाउँहरूबाट खाद्यान्न बोकेर आएका गाडीहरु बाटोमै अलपत्र परेका छन् । कालिकोट, जुम्ला मुगु र बाजुराका लागि खाद्यान्न तथा दैनिक उपभोग्य मालसामानहरु बोकेर आएका गाडी राजर्मागमा पहिरो गएपछि गगनेखोलामा नै रोकिएका छन् ।

गएराति गएको पहिरो अहिले पन्छाउने प्रयास भइरहेको प्रहरी डिएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV