९ असार २०७७, मंगलवार

काठमाडौं, ९ असार । केहि समय अगाडि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले संसदमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि तीनवटै सरकारका तर्फबाट ९ अर्ब ८७ करोड खर्च भएको जानकारी गराएका थिए ।

त्यस लगत्तै सडकदेखि संसद सम्म खर्च विवरण माग भयो । त्यसपछि ८ अर्ब रकम खर्च भएको एक पाने प्रतिवेदन पनि सरकारका तर्फबाट सार्वजनिक गरियो । न्यूज २४ टिमले खोजेको विवरणमा अर्थ मन्त्रालयबाट हालसम्म कोरोनाको लागि भनेर ५ अर्ब ९० करोड ५१ लाख १ हजार मात्र निकासा भएको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम नियन्त्रणको लागि खरिद गरेको स्वास्थ्य सामग्रीमा अनियमितता भएको गुनासो बढेपछि सार्बजनिक लेखा समितिले छानविन थालेको छ ।

अनुसन्धानका लागि स्वास्थ्य मन्त्रालयसंग खर्च विवरण माग गरिएको थियो । मन्त्रालयले पठाएको विवरण अध्ययन गरेर कोरोना रोकथामका लागि खरिद गरिएको सामग्रीमा अनियमितता भएको पहिचान गरिसकेपछि स्वास्थ्य मन्त्रालयको सचिब र महानिर्देशकलाई सोमबार समितिमा बोलाइएको थियो ।

कोरोना रोकथाम नियन्त्रणका लागि अर्थ मन्त्रालयबाट कसले कति रकम लिए ?

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका अस्पतालहरु रु २,३१,७०,१६,०००/–

  • रक्षा मन्त्रालय र अन्तर्गतका निकायहरु रु २,३८,५९,२७,०००/–
  • गृह मन्त्रालय र अन्तर्गतका निकायहरु रु ८,१२,२३,०००/–
  • संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालय रु ४,४१,७८,०००/–
  • शहरी बिकाश मन्त्रालय रु १,४२,००,०००/–
  • परराष्ट्र मन्त्रालय रु ६,५०,०००/–
  • कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि निकासा रु ५०,००,००,०००/–
  • कोरोना रोकथाम रोकथाम नियन्त्रण तथा उपचार कोष सचिवालय
    संचालनका लागि निकासा रु १,३०,३०,०००/–

वित्तीय हस्तान्तरण भएको रकमको विवरणः

खर्च गर्ने निकाय र हालसम्म भएको खर्च

  • सामाजिक बिकास मन्त्रालय सात प्रदेशलाइ वित्तीय हस्तान्तरण रु १५,७५,००,०००/–
  • स्थानीय तहलाइ वित्तीय हस्तान्तरण रु २५,३१,००,०००/–
  • वित्तीय हस्तान्तरण भएको जम्मा रु ४१,०६,००,०००/–

रोक्का राखिएको बजेट फुकुवा गर्न महालेखा परीक्षकको कार्यालयलाई पठाएको बिवरणमा कोभिड नाइन्टिनसंग सम्बन्धित कार्यका लागि बिभिन्न निकायको रोक्का भएको खर्च शीर्षकको १३,७४,७७,००० रुपैयाँको वजेट फुकुवा गर्न उल्लेख छ ।

यसरी कूल निकासा रकमान्तर र वित्तीय हस्तान्तरण र फुकुवा समेत रु ५ अर्ब ९० करोड ५१ लाख एक हजार रुपैयाँ हुन आउँछ ।

लेखा समितिले कोरोना नियन्त्रणमा संघ प्रदेश र स्थानीय निकायबाट खर्च भएको विवरण माग गर्दै सोमबार प्रधानमन्त्री कार्यालयका सचिबसंग समेत खर्चको बिवरण माग गर्यो ।

प्रधानमन्त्री कार्यालयले समेत निकासा भएको रकम पेस गरेको तर निकास भएका रकम खर्च भए भएनन् के स्थितिमा छ भनेर आँकडा प्रस्तुत गर्न नसकेको लेखा समितिले जनाएको छ ।

हालसम्म कोरोनाका लागि औषधि र स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८ लाख, स्वास्थ्य पूर्वाधारमा एक अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टाइन व्यवस्थापनमा १३ करोड ५५ लाख ९ हजार निकासा भएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV