९ असार २०७७, मंगलवार

एजेन्सी, ९ असार । पतञ्जलिले मंगलबार कोरोनिल ट्याब्लेट र स्वासारी वुटी नाम गरेको दुई वटा औषधिहरु सार्वजनिक गरेको छ ।

कम्पनीले उक्त औषधिले कोरोनाको बिरामीलाई आयुवेर्दिक तरिकाले उपचार गर्ने दाबी गरेको छ । पतञ्जलि योगपीठले हरिद्वारमा क्लिनिकल ट्रायलको समयमा कोरोना संक्रमित बिरामीमा यसको सय प्रतिशत सकरात्मक प्रभाव हुने बताएका छन् ।

योगगुरु रामदेवले औषधि सार्वजनिक गर्दै सम्पूर्ण देश र विश्व कोरोना खोप वा औषधिको प्रतीक्षामा रहेको बताउदै भने , “हामी यो घोषणा गर्नमा गर्व गर्दछौं कि पहिलो आयुर्वेदिक औषधि आधारित अनुसन्धान, क्लिनिकल परीक्षण र प्रमाण गर्न तयार गरिएको छ, यसलाई पतञ्जलि अनुसन्धान केन्द्र र एनआईएमएस (राष्ट्रिय चिकित्सा विज्ञान संस्थान, जयपुर) को संयुक्त प्रयासबाट तयार गरिएको हो।’

तीन देखि सात दिनमा, संक्रमित व्यक्ति यसको प्रयोगबाट पूर्ण रूपले निको हुने दावी पनि योगगुरु बाबा रामदेवको दावी छ । ६९ प्रतिशत बिरामीहरू तीन दिनमा र अन्य बिरामीहरू सय प्रतिशत सात दिनमा ठीक हुने बताइएको छ ।

बाबा रामदेवले २ सय ८० बिरामीहरूमा यस औषधिको परीक्षण भइसकेको र उनीहरू पूर्ण रूपमा निको भइसकेको दाबी पनि गरे । उनले बिरामीहरूमा औषधि परीक्षण गर्न आवश्यक अनुमोदन भइसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV