९ असार २०७७, मंगलवार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, ९ असार । सरकारद्वारा प्रस्तावित नागरिकता संशोधन विधेयकको विरोधमा कपिलवस्तुको तौलिहवामा प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुको अगुवाईमा सदरमुकाम तौलिहवा बजारको परिक्रमा गरी प्रशासन चोकमा पुगी बिरोध सभा कोणसभामा परिणत भएको थियो ।

बिरोध सभामा सहभागीले प्रस्तावित नागरिकता संशोधन विधेयक फिर्ता लिनु पर्ने, नागरिकता ऐन २०६३ लाई निरन्तरता दिनु पर्ने, कम्युनिष्ट सरकारले जनताको मनोभावना विपरीतका काम रोक्नु पर्ने लगायतका प्लेकार्ड लिएका थिए ।जिल्ला प्रशासन कार्यालय चोकमा विरोध कार्यक्रम पछि भएको कोण सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रस्तर र जिल्लास्तका नेताले सरकार कोरोना संक्रमणका बीच भ्रष्टाचारमा लिप्त भएको, मधेसका नागरिकको अधिकार कुण्ठित गर्न लागेको लगायतको आरोप लगाउदै प्रस्तावित बिधेयक खारेज नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV