९ असार २०७७, मंगलवार
  • सुरेश भट्ट,

कञ्चनपुर, ९ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्वर ८ ले निर्माण गरिराखेको चिल्ड्रेन पार्कमा गुणस्तरहिन् ईटा प्रयोग गरेको छ ।

लकडाउनको मौकामा बजारमा ईटा नपाएको भन्दै निमार्ण प्रक्रियामा उपभोक्ता समूह र वडाध्यक्षको मिलोमतोमा इष्टिमेट विपरीत वडाध्यक्षको भुसाभट्टाको ईटा प्रयोग गरिरहेको पाइएको हो ।

सरकारी कार्यहरुमा एक नम्बरी तथा गुणस्तरीय ईटा प्रयोग गर्नु पर्ने प्रावधान भएता पनि निर्माण कार्यमा भने अर्कै भुसाभट्टाको ईटा प्रयोग भएको पाइएको छ ।

ईटा प्रयोगबारे उपभोक्ता समितिको ध्यानाकर्षण गराउँदा लकडाउनमा इष्टिमेट अनुसारको भट्टामा ईटा नपाएको कारण तीनहजार इटा मात्र इष्टिमेट विपरीत भुसाभट्टाको ईटा प्रयोग गरेको उपभोक्ता समितिका अध्यक्ष विनोद भट्टले बताउनु भयो ।

यसरी सरकारी निर्माण कार्यमा सरकारी प्रावधान विपरीत गएर वडाध्यक्षकै मिलेमतोमा कार्य हुन थालेपछि स्थानीयले विरोध जनाएका छन् ।

भीमदत्त नगरपालिकाले चिल्ड्रेन पार्क बनाउन भनेर २० लाख रुपैयाँ छुट्टाएको छ । पार्क निर्माणका लागि उपभोक्ता समिति गठन गरी असार १५ गतेसम्म सम्पन्न गर्न नगरपालिकाले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV