९ असार २०७७, मंगलवार

काठमाडौं, ९ असार । मानव अधिकारका लागि महिला, एकल महिला समूहले “१० औं अन्तर्राष्ट्रिय एकल महिला दिवस”को अवसरमा शुभकामना व्यक्त गरेको छ । समूहले प्रेस विज्ञप्ती जारी गर्दै मुलुकभरका सम्पूर्ण एकल महिलाहरुको समग्र विकास, प्रगति तथा उन्नतीको कामना गर्दै शुभकामना व्यक्त गरेको हो ।

जुन २३ अर्थात् (असार ९ गते)का दिनलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसको रुपमा पारित गरी सन् २०११ बाट एकल महिलाका क्षेत्रमा कार्य गर्दै आइरहेका विभिन्न मुलुकका संस्थाहरुले समेत अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउदै आइरहेका छन् ।

नेपालका पनि मानव अधिकारको लागि महिला, एकल महिला समूहले पनि विभिन्न वकालतमुखी कार्यक्रमहरु सञ्चालन गर्दै अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउदै आएको छ ।

१० औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको मुल मुल उदेश्य ‘शान्ति, लैंगिक समानता, मानवीय सहयोग तथा राज्यका विभिन्न निकायहरुमा एकल महिलाहरुको उल्लेखनीय सहभागीताको लागि सबैको साथ र सहयोगमा एकल महिलाहरुको रुपान्तरणमुखी अभियान” लाई स्थानिय तहदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय तहसम्म वकालत गर्दै विकासका हरेक चरणमा एकल महिलाहरुको उल्लेखनीय उपस्थिति गराउनु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV