९ असार २०७७, मंगलवार

एजेन्सी, ९ असार । दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ ।अफ्रिकी महादेशमा दक्षिण अफ्रिका पहिलो देश हो जहाँ संक्रमणको घटनाहरू एक लाख पार गरेको छ।
यद्यपि ति मध्ये ५३ हजार व्यक्ति उपचार गरेर घर फर्किसकेका छन् भने ४६ हजार मानिस अझै कमजोर अवस्थामा रहेको जनाइएको छ ।

दक्षिण अफ्रिकामा कोरोनाबाट अहिलेसम्म एक हजार नौ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।
अर्कोतर्फ देशमा तालाबन्दीपछि दक्षिण अफ्रिकाका शीर्ष ट्याक्सी एजेन्सीहरूले सरकारले घोषणा गरेको राहत प्याकेजको विरोधमा हडतालको घोषणा गरेका छन्। हडतालको घोषणाले धेरै प्रान्तहरूमा व्यक्ति कठिनाईको सामना गरिरहेका छन्।

दक्षिण अफ्रिकाको गाउटेंग प्रान्तलाई व्यापारिक केन्द्र मानिन्छ। मिनी बस र ट्याक्सी हड्तालका कारण हजारौं मानिस यता फसेका छन्। जोहानेसबर्ग र प्रेटोरियामा ट्याक्सी सेवादारहरूले सडकहरू बन्द गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV