९ असार २०७७, मंगलवार

एजेन्सी, ९ असार । श्रीलंकाको मुस्लिम समुदायले प्रशासनलाई कोरोना भाइरस महामारीको आवरणमा भेदभाव गर्ने गरेको आरोप लगाएको छ।

कोरोनाको कारणले मृत्यु भएको खण्डमा प्रशासनले जबरजस्ती मृत शरीरको दाहसंस्कार गरिरहेको छ । तर इस्लाममा यो निषेध गरिएको छ । इस्लाममा मृतकलाई गाडिने चलन छ ।

४ मेमा ४४ वर्षीया फातिमा रिनोजालाई कोरोना संक्रमणको कारण अस्पतालमा भर्ना गरिएको थियो। फातिमा तीन बच्चाहरूकी आमा हुन् ।

उनी श्रीलंकाको राजधानी कोलम्बोमा बस्छिन्। उनलाई सास लिन गाह्रो भइरहेको थियो र प्रशासनले उनलाई कोरोना भाइरस संक्रमण हुने सम्भावना रहेको जनाइएको छ ।

फातिमाका पति मोहम्मद शफीक भन्छन्, ‘जबदेखि फतिमालाई अस्पतालमा भर्ना गरिएको थियो, प्रशासनले उनको परिवारलाई एक किसिमले कब्जमा लिएको अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV