९ असार २०७७, मंगलवार

एजेन्सी, ९ असार । कीटाणु र अन्य रोगजनक जीवहरूले एन्टिबायोटिक प्रतिरोधात्मक क्षमता विकास गरिरहेको छ । त्यसले धेरै रोगहरू विरुद्ध लड्न अप्रभावी साबित हुँदै गएको छ । र, यसको पछाडि प्रत्येक वर्ष एक करोड मानिसको मृत्यु हुँदै आएको जनाइएको छ ।हालसम्म प्रत्येक वर्ष विश्वव्यापीरुपमा ७ लाख मानिसहरू यस्ता रोगबाट मर्दछन् । जसलाई औषधिले कुनै पनि असर गर्दैन। पछिल्लो दशकमा, हानिकारक ब्याक्टेरियाबिरूद्ध प्रयोग गर्न सकिने एन्टिबायोटिक्सहरुको असर पनि कम प्रभावित बन्दै गएको छ ।

यस क्रममा भाइरस, फंगी र अन्य परजीवीहरू निम्त्याउने अन्य रोगहरूले पनि यी औषधिहरू विरुद्ध लड्न शक्ति विकास गरिरहेका छन्। यसको मतलब रोगहरुको उपचार गर्न गाह्रो भइरहेको छ।

विज्ञहरू भन्छन, यदि केही पनि चाँडै गरेन भने, हरेक वर्ष विश्वव्यापी एक करोड मानिस त्यस्ता माइक्रोबबाट मर्नेछन्, जसले विद्यमान औषधिहरूलाई असर गर्दैन। आम मानिसलाई थाहा छ दिनभरि कति चीजहरू उनीहरुले छुन्छन भन्ने ।

सबै जीवाणु, ब्याक्टेरिया र भाइरसको धेरै प्रकारमा कुनै न कुनै तरिकाले मानिसको शरीरमा प्रवेश गर्छन् र उनीहरुलाई बिरामी बनाउदै आएका छन् ।

कोरोना महामारी कोभिड १९ को भाइरस कार्डबोर्डमा २४ घण्टा सम्म जीवित रहन सक्छ । जबकि तीन दिनसम्म अप्लास्टिक र इस्पातमा। केहि ब्याक्टेरिया, निर्जीव चीजहरू, धेरै महिनासम्म बाँच्न सक्दछन्। तसर्थ, प्रत्येक सतह निरन्तर सफा राख्नु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV