९ असार २०७७, मंगलवार

एजेन्सी, ९ असार । साउदी अरेबियाले कोरोना भाइरस संक्रमणको युगमा पनि २०२० मा हज गर्ने भएको छ । तर यस पटक साउदी अरेबियामा बसोबास गर्ने मानिसहरूले मात्र हज गर्न सक्नेछन् ।साउदी अरेबियाली सरकारको हज र उमराह मामिला मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको कारण सीमित हाजीहरुलाई मात्र यस पटक हज गर्न पाउने छ जनाएको छ।

विज्ञप्तिमा यस वर्ष कोरोना संक्रमणलाई ध्यानमा राख्दै, अन्य देशहरूबाट आएका हजारीहरूलाई अनुमति नदिइने उल्लेख छ ।

अधिकारीका अनुसार सामाजिक दूरीका प्रावधानका कारण यो निर्णय लिइएको हो ।

विज्ञप्तिमा मानिसहरूमा कोरोना संक्रमण रोक्न अरु सबै सुरक्षात्मक व्यवस्थाहरु पनि अपनाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV