९ असार २०७७, मंगलवार

एजेन्सी, ९ असार । इंग्लिस प्रीमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले फराकिलो शानदार निकालेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले बर्निलमाथी ५-० गाेल अन्तरकाे फरारकिलाे जित निकालेको हो ।

सिटीलाई जित दिलाउनकाे लागि फिल फोडेन र रियाद मेहरेजले समान दुई/दुई तथा डेभिड सिल्भाले एक गोल गरे ।

खेलको २२ औं मिनेटमा फोडेनले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाए ।पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहदा मेहरेजले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी समयमा मेहरेजले व्यक्तिगत दोस्रो गोल गरे । उनले पेनाल्टीमा गोल गर्दै सिटीलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए ।

५१ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४-० गोलको स्थितिमा पुर्याए । ६३ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलिलाई ५-० गोलको फराकिलो जित दिलाए ।

याे जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको सिटीले ३० खेलबाट ६३ अंक जोडेको छ। शीर्ष स्थानको लिभरपुलको ८३ अंक छ।

अब लिभरपुललाई उपाधि जित्न अझै पाँच अंकको खाँचो छ। बुधबार लिभरपुलले क्रिस्टल प्यालेससँग खेल्दैछ। प्यालेसलाई पराजित गरेको अवस्थामा लिभरपुल उपाधि नजिक पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV