८ असार २०७७, सोमबार
  • सुमन कार्की,

पाल्पा, ८ असार । पाल्पाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन-रिडी सडकखण्डको सम्मोबारीमा पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृ’त्यु भएको छ ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका–११ सम्मोबारी नजिकै सडकमा रोकिएका चार सवारी बगाउँदा दुई जनाको घटनास्थलमै मृ’त्यु भएको हो । त्यस्तै अर्को एक जनाको उपचारको क्रममा मिसन अस्पतालमा मृ’त्यु भएको हो ।

यो समाचार तयार पार्दासम्म मृतकहरुको पहिचान खुल्न सकेको छैन । पहिरोका कारण सडकमा जाममा रोकेर राखिएका लु १ च ७०४३ नम्वर पिकअप जीप, लु १ प १९२८ नम्वरको पानी ट्यांकर, लु २ ख १३७६ नम्वरको ट्रक सडकदेखि तल खसेको र लु १ च ७०११ नम्वरको कार बाटोमै पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

करिब ४ः४५ बजेको समयमा पहिरोले गाडी बगाएको भन्ने खबर पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

सुरक्षा निकायका व्यक्तिहरु राति अवेरसम्म उद्दार कार्यमा खटिएपनि माथिबाट पहिरो खसिरहेको र पानी परिरहेका कारण उद्दारमा कठिनाइ भएको छ । पहिरोमा अन्य व्यक्तिहरु पनि रहन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV